केएमसिमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

धनगढी- धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

शिक्षा, नवप्रवर्तन र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश्य सहित फागुन १५ र १६ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको सम्मेलनका संयोजक मोहन सिह साउदले बताए ।

Navadurga sun

सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल हुने  साउदले जानकारी दिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, गंगा एस स्कुल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली विश्वविद्यालय एवं शैक्षिक संस्थाको प्रस्तुति रहने साउदले जानकारी दिए । सम्मेलनमा २६ वटा विदेशी विश्वविद्यालयका प्रबुद्ध ब्यक्तीहरुको सहभागिता रहने छ ।

अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्नासाहेब डांगे कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारत लगायत विश्वविद्यालयका बौद्धिक व्यक्ति सहभागी हुने छन् ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानबाट सम्मेलनमा सहभागी हुन विभिन्न बौद्धिक ब्यक्तिहरु धनगढी पुगेको संयोजक साउदले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...