गोदावरीमा अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ। निर्माण कम्पनीका अनुसार फागुन महिनाभित्रै केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

अपरेशन इन्चार्ज हेम प्रसाद आर्चायका अनुसार भौतिक संरचना तयार भइसकेको छ, अब माथिल्लो निकायबाट अनुमति लिएर केन्द्र सञ्चालन गर्ने मात्र बाँकी छ।

godawari10 Mahila hinsa
Navadurga sun

मुख्य विशेषताहरू:
लागत: एसियाली विकास बैंकको ऋण लगानीमा ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँ
निर्माण कम्पनी: चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनी
निर्माण अवधि: ०७९ असोजमा सम्झौता, गत असोजसम्म निर्माण सक्ने लक्ष्य
पहुँच मार्ग: साढे २ किलोमिटर सडक निर्माण
सञ्चालन अवधि: तीन वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्ने, त्यसपछि नगरपालिकालाई हस्तान्तरण
रोजगारी अवसर: करिब ४०-४५ जनाले प्रत्यक्ष रोजगारी पाउने

Dadeldhura hospital

फोहोर व्यवस्थापन प्रक्रिया:
गोदावरी नगरपालिकाबाट दैनिक करिब ६.५ टन फोहोर संकलन
वर्गीकरण प्रणाली: कुहिने र नकुहिने फोहोर अलग गर्ने

उत्पादन:
कुहिने फोहोरबाट मलखाद उत्पादन
पुनः प्रयोग गर्न सकिने वस्तुको प्रशोधन

नकुहिने फोहोरको उचित व्यवस्थापन
नगरपालिकाको सुपरभाइजर प्रमल महराका अनुसार हाल गोदावरी नगरपालिकाको १२ वडा मध्ये ९ वडा बाट मातृभूमि संरक्षण प्रालिले दैनिक तथा साप्ताहिक रूपमा फोहोर संकलन गरिरहेको छ । हाल संकलित फोहोरलाई मालाखेती सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिंदै आएको छ ।

नयाँ व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि गोदावरी नगरपालिकाको फोहोर व्यवस्थापन थप व्यवस्थित बन्ने, वातावरणीय प्रभाव घट्ने र आम्दानीको स्रोतसमेत सिर्जना हुने अपेक्षा गरिएको छ ।

Loading...