सिवाईसी क्लबबाट खेलेर अर्जुन ट्रफी  विजेता खेलाडीलाई सम्मान

कैलालीको अत्तरियामा रहेको ‘सिवाईसी’ क्लबबाट खेलेर अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता विजेता खेलाडीलाई सम्मान गरेको छ ।

Ganyapdhura gau

मंगलबार क्लवले आफ्नै खेलमैदान गोदावरी -१ मा रहेको भवनमा खेलाडीहरूलाई खादा ओढाएर सम्मान गरेको छ । सिवाईसी क्लबका संस्थापक अध्यक्ष नरबहादुर राई लगायत क्लबका पदाधिकारीले उनिहरुलाई सम्मान गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सिवाईसी अत्तरियाले यस अघि सञ्चालित डीपीएल, डीसीएल हुँदै अर्जुन ट्रफी समेत उपाधि जितेको छ। विजयी ट्रफी सिवाइसी अत्तरिया स्कुल अफ क्रिकेट एकेडेमीमा राखिएको छ।

सिवाईसी यस क्षेत्रको स्थापित क्लब हो । उक्त क्लबले खेलका बिभिन्न विधामा खेलाडी उत्पादन गर्दै आएको छ । यस्तै गोदावरी नगरपालिकाले पनि विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

नगरपालिका कार्यालयमा नगरप्रमुख विरेन्द्र भट्टले खेलाडीहरु, टिम कोच, व्यवस्थापक लगायतलाई टीका खादाका साथ मायाको चिनोले सम्मान गरेका हुन । सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडीले अर्जुन ट्रफीमा सहभागिता जनाएका थिए ।  

Loading...