ट्रम्पको आदेश माथि अदालतले लगायो अङ्कुश

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ।

सरकारको खर्च कटौतीको नीति लिँदै गर्दा अमेरिकी सरकारले दिने स्वदेशी तथा विदेशी अनुदान तथा ऋणमाथि तीन महिनाका लागि रोक लगाउने आदेश सरकारको बजेट कार्यालयले जारी गरेको थियो । अदालतले दिएको आदेशसँगै ह्वाइट हाउसले यो आदेश रद्द गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

तत्काल अनुदान र ऋणका विषयमा भएको निर्णय मात्र रद्द भएको द ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए । कार्यालयले जारी गरेको वक्तव्यमा ‘ओएमबी मेमोरेण्डम एम-२५-१३’रद्द गरिएको उल्लेख छ ।

तीन महिनाको लामो समीक्षा अवधि कायम गर्दै सयौँ अर्ब डलरको अनुदान र ऋण परिचालन तत्काल रोक्न उहाँले कार्यकारी निर्णय गरेसँगै राष्ट्रपति कार्यालयले यो आदेश कार्यान्वयनमा ल्याएको थियो ।

अमेरिकी सरकारको अनुदानमा आश्रित संस्थाका प्रतिनिधिले त्यस विषयमा अदालतमा मुद्दा दायर गरेसँगै अमेरिकी जिल्ला न्यायाधीश लोरेन एल अली खानले यो आदेश कार्यान्वयन तत्काल नगर्न मंगलबार अन्तरिम आदेश दिएका थिए । आदेशको पालना गर्दै राष्ट्रपति कार्यालयले निर्णय कार्यान्वयन तत्कालका लागि रोकेको जनाएको छ । यस विषयमा विस्तृत निर्णय भने अर्को साता आउने अनुमान गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

राष्ट्रिय गैरनाफामुखी परिषद् र अमेरिकन पब्लिक हेल्थ एसोसिएसनले मुद्दा दायर गर्दै यसले आमनागरिकको जीविकोपार्जन र स्वास्थ्य सम्बन्धी हक अधिकार खोसेको आरोप लगाएको छ । आदेशमा रोकिएका विदेशी अनुदानबारे के हुने भन्ने प्रष्ट खुलाइएको छैन ।

Loading...