बझाङ्गको मष्टा गाउँपालिकामा बालिका बलात्कार गर्ने एक जना पक्राउ

बझाङ्ग, ८ भदाै– बझाङमा फेरि एक किशोरीमाथि बलात्कार प्रयास गरेको अरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ खिकलाका १९ वर्षीय राजेन्द्र बिक रहेका छन्।

उनले यहि भदौ ४ गते शुक्रबार बेलुकी सोही ठाउँकी १६ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। राजेन्द्रले धारामा पानी भर्न गएकी किशोरीलाई बाटोबाटै तानी आफ्नो गोठ भित्र लगेर जबरजस्ती प्रयास गरेको अनुसन्धानबाट खुलेको बझाङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए।

Navadurga sun

बलात्कार प्रयास भएको सूचना प्राप्त हुनासाथ राजेन्द्रलाई भदौ ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...