कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीका अन्दाजी ३६ वर्षीय विक्रम चौधरीको शनिबार घरको छतमाथिको रेलिङ मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा रेलिङ छुँदा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
