भोटेकोशी बाढीपीडितको राहतका लागि चेम्बरद्वारा १ लाख १ हजार सहयोग

अत्तरिया- भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेको छ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो।

Navadurga sun

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको चेम्बरले जनाएको छ।

चेम्बरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...