सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले मुख्यमन्त्री पाउने चर्चा

अत्तरिया, ४ भदौ- सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने कुरा वाहिर आएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा एमाले समाजवादी पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले गर्ने सहमति बनेको हो ।

माओवादीका तर्फबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्ट भदौ महिनाभित्र मुख्यमन्त्री पदबाट हट्ने माओवादी उच्च स्रोतले जानकारी दिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना अघि नै मुख्यमन्त्री भट्टलाई पद छोड्नका लागि मानसिक रूपमा तयार हुन सुझाव दिएको स्रोतले बतायो । यता कांग्रेस दलका नेता रावलले पनि सरकार गठनका लागि छलफल सुरु गरिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार अघि बढ्ने रावलले बताए ।

Navadurga sun

अब बन्ने सरकारमा कांग्रेससँगै माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी, जनता समाजवादी सहभागी हुने रावलले बताए । माओवादीबाट सरकारमा सहभागी हुनेहरूको नेतृत्व बीरमान चौधरीले गर्नेछन् । अध्यक्ष दाहालले यसमा बीरमानलाई आश्वस्त पारेका छन् । बीरमान पटक पटक मुख्यमन्त्री बन्ने हल्ला भएपनी अहिलेसम्म पद र अवसरबाट बञ्चित रहदै आएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...