बाजुरामा जिप दुर्घटनामा २ महिलाको मृत्यु, तीन जना घाइते

बाजुरा- बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जिप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको हो। उनको घर कञ्चनपुर हो ।

Dadeldhura hospital

यस्तै भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन् ।

Navadurga sun
Godawari sandesh

बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् । घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

Loading...