

बझाङ- भारतमा स्कुटी दुर्घटना हुँदा बझाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापा रहेका छन् ।



सोमवार दिउँसो बैंगलुरुको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए ।


उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए । ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।





