बैतडीमा हुने पन्ज्युनयाँ क्रिकेटको उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

बैतडी- बैतडीको दाेगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँ सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग भाेलिदेखि शुरू हुदैछ ।

दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजन तथा शुशितम युवा क्लबकाे आयाेजना हुने प्रतियोगिताका खेलहरू दाेगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुनेछन् ।

Navadurga sun
Godawari sandesh

प्रतियोगिताकाे उद्घाटन एक भव्य कार्यक्रम गरेर गरिने आयाेजक शुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनु भयाे । उद्घाटन समाराेहमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारी प्रमुख अतिथि रहने कार्यक्रम रहेकाे छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार विकासमन्त्री सुरेन्द्र पाल,दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की लगायतका विशिष्ट व्यक्तिहरूकाे पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ ।
उद्घाटन समाराेहपश्चात पहिलाे खेलमा बस्काेट सुपर किङ ए र लेकम स्टार्स भिड्ने शुशितम युवा क्लबका सचिव जगदीश सिंह कार्कीले जानकारी दिनु भयाे ।

Dadeldhura hospital

कात्तिक १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टाेलीकाे सहभागीता रहनेछ । सहभागी हुने टाेलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग चरणका खेलहरू १२ ओभर र क्वाटरफाइनलपछिका खेलहरू २० ओभरका हुनेछन् ।

सहभागी हुने टिमले ४ जना विदेशी खेलाडी समेत राख्न पाउने र इम्प्याक्ट खेलाडीकाे पनि व्यवस्था रहेकाे छ। खेल टेनस बलले खेलाइने र एलबीडब्लू आउट लागु नहुने आयाेजकले जनाएको छ ।

प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनु भयो । यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ । पुरस्कार राशीमा १३ प्रतिशत कर कट्टी गरिनेछ ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनु भयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे ।

Loading...