गोदावरी आविष्कार केन्द्रलाई STEAM शिक्षा

अत्तरिया- गोदावरी आविष्कार केन्द्रले STEAM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित), नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा काम गरिरहेको छ । केन्द्रले आफ्नो विभिन्न कार्यक्रमहरूको सफल सञ्चालनका लागि पुराना ल्यापटप तथा डेस्कटप कम्प्युटरहरूको आवश्यकता रहेको बताएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

केन्द्रले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक शिक्षा र नवप्रवर्तनका अवसरहरू प्रदान गर्न मद्दत गरिरहेको छ । 

Navadurga sun
Godawari sandesh

तर, डिजिटल उपकरणहरूको अभावका कारण केन्द्रका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। “तपाईँसँग प्रयोगमा नभएका ल्यापटप वा डेस्कटप कम्प्युटरहरू छन् भने, ती विद्यार्थीहरूलाई डिजिटल शिक्षा र नवप्रवर्तनका साधन उपलब्ध गराउन ठूलो सहयोग हुन सक्छ,” केन्द्रले अपिल गरेको छ।

सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाहरूलाई सम्पर्क गर्न 9867589242, 9843445020 मा अनुरोध गरिएको छ। हजुरको सहयोगले नयाँ प्रतिभा र उद्यमशीलताको विकासमा ठूला परिवर्तन ल्याउन सक्छ। कृपया यो सन्देशलाई सेयर गरेर पनि सहयोग गर्न सक्नुहुन्छ।

Couple
Loading...