बुँडरको भैरवकाली निर्माण सेवाले पायो अत्तरिया बसपार्कको पार्किङ शुल्क उठाउने ठेक्का

अत्तरिया, २७ साउन- कैलालीको अत्तरियामा रहेको बसपार्कवाट पार्किङ बाफतको रकम उठाउने जिम्माको ठेक्का डोटीको बुँडरमा रहेको भैरबकाली निर्माण सेवाले पाएको छ । गत बर्ष नगरपालिकाले ३ पटक सम्म बोलपत्र आह्वान गरेपनि कसैको आवेदन नपरेपछि नगरपालिकाले आफै रकम उठाएको थियो ।

यस आर्थिक बर्ष २०७८/०७९ का नगरपालिकाले न्यूनतम ५० लाख रकम राखेर पार्किङ शुल्क संकलन गर्ने सम्बन्धि खुल्ला बोलपत्र आह्वान गरिएको थियो । पहिलो पटक गरेको बोलपत्र आह्वानका सुचना अनुसार आएका शिलबन्दी बोलपत्र मध्ये मुल्याङकन समितिको निणर्य अनुसार भैरबकाली निर्माण सेवा छनौटमा परेको गोदावरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले जानकारी दिए । ठेक्का स्विकृत भैसकेकाले अबको केही दिनमा सम्झौता हुने प्रशासकिय अधिकृत खत्रीले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गत बर्षमा पार्किङ्ग शुल्क उठाउनका लागि नगरपालिकाले सुरुमा ६६ लाखमा बोलपत्र आह्वान गरेपनि कसैको आबेदन परेन । त्यसको एक महिना पछि ६६ लाखबाट घटाएर ५० लाखको पुनः बोलपत्र आह्वान गरिएको थियो । त्यो पछि पनि कसैको आवेदन नपरेका अन्तिममा नगरपालिकाले आफै रकम संकलन गरेको थियो ।

गत बर्ष अत्तरिया बसपार्कवाट पार्किङ बाफत नगरपालिकाले लक्ष्य भन्दा कम रकम संकलन गरेको थियो । क्षेत्रीय बसपार्कको अबधारण सहित करिब ७/८ बर्ष पहिले गोदावरी नगरपालिकाका वडा नं २ स्थित दुर्गालक्ष्मी महिला सामुदायिक बन क्षेत्रमा निर्माण गरिएको अत्तरिया बसपार्क अहिले नगरपालिका मातहात रहेको छ ।

यस अघि बसपार्क व्यवस्थापन समितीको मातहतमा रहेका बसपार्क नगरपालिका मातहत गएपछि पाकिङ शुल्क संकलनका लागि ठेक्का प्रक्रिया गर्दै आइ रहेको छ । नगरपालिको आन्तरिक आयलाई बढाएर नगरकै विकासका लागि उपयोग गर्ने गरी बसपार्कबाट पार्किङ्ग शुल्क संकलन गर्न थालेको हो ।

Loading...