सुदूरपश्चिमा आज ५८ जनामा कोराना संक्रमण पुष्टि, ४० जनाले कोरोना जिते





अत्तरिया, २६ साउन- सुदूरपश्चि प्रदेशमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ९ सय ८८ जनाको नमुना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा १ सय ५९ जनाको नमुना परीक्षण गर्दा २७ जना, महाकाली अस्पतालमा ९१ जनाको नमुना परीक्षण गर्दा १८ जना, डडेल्धुरा अस्पतालमा ८ जनाको नमुना परीक्षण गर्दा ४ जना, डोटी अस्पतालमा ७ जनाको नमुना परीक्षण गर्दा २ जना र बैतडी अस्पतालमा ११ जनाको नमुना परीक्षण गर्दा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
बझाङ्ग अस्पतालमा भने २ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा एन्टिजेन बिधिबाट ७ सय १० जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशमा ४० जनाले कोरोना जितेका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।



