एमाले विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय





काठमाडौं, २५ साउन– नेकपा एमालेले विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले स्थायी कमिटीको प्रस्तावअनुसार विधान महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। एमालेले एक कार्यकालमा दुई (नीति र नेतृत्वको) महाधिवेशन गर्ने नीतिगत व्यवस्था गरेको थियो ।


बैठकले राजनीतिक प्रतिवेदन मस्यौदा समिति, संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, मस्यौदा संशोधन प्रस्ताव र व्यवस्थापन समिति गठन गरेको छ । एमालेले २३ शीर्षकमा विधान संशोधन प्रस्ताव तयार गर्दै तल्ला कमिटीमा पठाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटीको संख्या वृद्धि गर्ने र पदाधिकारीको संख्या हेरफेर गर्ने प्रस्ताव गरेको छ ।



