दार्चुलाका १२ जनामा स्क्रब टाइफस देखियो

दार्चुला, २४ साउन- दार्चुला जिल्लाका ५ वटा स्थानीय तहका १२ जनाव्यतिmमा स्क्रब टाइफस देखिएको छ । जिल्लाका ८ जना महिला सहित १२ जनामा स्क्रब टाइफस देखिएकोे अस्पतालले जनाएको छ । जिल्लाको महाकाली नगरपालिका तथा लेकम गाउँपालिकाका ८ जना महिला व्यासँ मार्मा मालिकार्जुन गाउँपालिकाका ४ जना पुरुषगरी १२ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले बताए । सूचना अधिकारी भट्टका अनुसार साउन १३ गते देखि २४ गते सम्म ४जना पुरुष तथा ८ जना महिला गरी १२ जनामा स्क्रब टाइफस देखिएको भट्टले बताए ।

Dadeldhura hospital

दार्चुलाको व्याँस गाउँपालिका मार्मा गाउँपालिकामा समान १/१ जना पुरुष मालिकार्जुन गाउँपालिकामा २ जना पुरुष तथा महाकाली नगरपालिकामा ७ महिला लेकम गाउँपालिकामा १ जना महिला गरी ८ महिलामा स्क्रब टाइफस देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Loading...