भूमि आयोग खारेज विरुद्ध सर्वोच्चमा रिट दायर





काठमाडौं, २२ साउन– सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएकाे छ ।


अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजी विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन्। सरकारको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै बदर गर्न माग गरिएको छ ।



