सुदूरपश्चिमबाटै राजपत्रको छपाई हुने




धनगढी, २२ साउन- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सरकारले प्रकाशन गर्ने राजपत्रको छपाइ सुदूरपश्चिमबाटै गर्ने भएको छ ।



प्रदेश सरकारले प्रकाशित गर्ने राजपत्र विगतमा काठमाडौँमा छाप्नुपर्ने बाध्यता रहि आएकोमा अब निर्माण हुने कानून भने सुदूरपश्चिम सरकारले आफैं छाप्ने भएको हो ।


आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कानून मन्त्रालयमा राजपत्र छपाइ गर्ने मेसिन धनगढी आईपुगेको बताईन् । अबको केहि दिन भित्र सो मेसिन जडान भइसक्ने जोशीको भनाई रहेको छ । त्यसपछि भने काठमाडौँ गएर राजपत्र छाप्नुपर्ने बाध्यता हट्ने बताइएन ।



