लायन्स क्लब अफ धनगढीद्वारा बृहत बृक्षारोपण





धनगढी, १७ साउन- लायन्स क्लब अफ धनगढीले धनगढी ७ स्थित ऋषिकेश धार्मिक बनमा बृहत बृक्षारोपण गरेको छ । आईतबार लायन्स क्लब अफ धनगढीका अध्यक्ष शारदा रेग्मीको अध्यक्षता तथा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको प्रमुख आतिथ्यतामा ऋषिकेश धार्मीक बनमा बिभिन्न प्रजातीका ५ सय भन्दा बढी बिरुवा रोपिएको हो । कार्यक्रममा मेयर वडले लायन्स क्लबले गरेको बृक्षारोपणको प्रशंसा गरे । उनले अहिले रोपिएका बिरुवाको संरक्षण गर्ने दायित्व समुदायको रहेको बताए ।


सो अबसरमा भिडिजी लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का सिबी चन्द संगै लायन्स लिडरहरु, बन समितिका अध्यक्ष तथा पदाधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमाल जोशी लगायतले बिरुवा रोपेका छन। एक सदस्य ११ बिरुवा भन्ने अभियान अन्तर्गत बृक्षारोपण गरिएको अध्यक्ष शारदा रेग्मीले बताईन । उनले बिभिन्न सामाजिक अभियान अन्तर्गत नै यो कार्यक्रम पनि रहेको बताईन । कार्यक्रमको संचालन सचिब संगिता न्यौपानेले गरेकी थिईन भने उद्देश्य तथा स्वागत लायन्स क्लब अफ धनगढीकी फष्ट भिपि दिप्ती शाहीले गरेकी थिईन ।



