कैलालीको गोदावरीमा रहेको काठेपुलमा नेपालका झण्डाहरु फेरिए

अत्तरिया, १५ साउन- कैलालीको गोदावरीमा रहेको काठेपुलमा नेपालका झण्डाहरु फेरिएका छन् । सुदुरपश्चिमको प्रमुख केन्द्र धार्मिक पर्यटकिय क्षेत्र गोदावरी धाममा रहेको काठेपुलमा राखिएको नेपालका झण्डाहरु आज (शुक्रबार) फेरिएका हुन ।

Ganyapdhura gau
Dadeldhura hospital

पर्यटकीय क्षेत्रका रुपमा प्रचार-प्रसार गर्ने उद्देश्यले अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशनले गत चैत २१ गते उक्त पुलमा २१ वटा नेपालका झण्डा फहराइएको थियो ।

Navadurga sun
Godawari sandesh

आज साउन १५ गते अर्थात खीर खाने दिनको अवसरमा उक्त पुलमा थ्रिडिभियल क्रियशनको गोदावरी काठे पुल पिकनिक स्पट संरक्षक समितिले पुराना झण्डाको सट्टा १६ वटा नयाँ झण्डाहरु फेरेको हो ।

फेरिएका नयाँ झण्डाहरु सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अनावरण गरेका थिए । गोदावरी नगरपालिकाको सहयोगमा काठेपुलका झण्डाहरु फेरिएको संरक्षक समितिका अध्यक्ष यज्ञराज भाटले बताए ।

Couple
Loading...