स्वास्थ प्राबिधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा हुने गरेको विकृति विरुद्ध प्रदर्शन

अत्तरिया, १५ साउन- अखिल (क्रान्तिकारी) कैलालीले स्वास्थ प्राबिधिक तथा चिकित्सा शिक्षामा भईरहेको विकृति विरुद्ध प्रदर्शन गरेको छ । धनगढीमा भएको प्रदर्शनमा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा जोशीले सरकार नागरिकका स्वास्थ समस्या प्रति गम्भीर नबनेको, दुर्गम पिछडिएको बस्तीहरुमा सरकारको सामान्य उपस्थिति समेत नरहेको, जनताले सामान्य ज्वरो आउँदा पनि उपचारका लागि निकै टाढा जानुपर्ने बाध्यता समेत रहेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उचित स्वास्थ सेवा पाउन जनताले राजधानीका महङ्गा अस्पतालमा भर्ना हुनुपर्ने तर आर्थिक अवस्थाले नभ्याउने हँुदा रोग लुकाएर बाच्नुपरेको, महिलाका स्वास्थ समस्या झनै बिकराल बन्दै गएकोले नागरिकको स्वास्थ प्रति गम्भीर बन्न सरकार संग आग्रह गरे ।

त्यस्तै सरकारले मेडिकल शिक्षा प्रति गरेको खेलवाडले भविस्यमा झनै बिकराल स्थिति आउनसक्ने भन्दै सरकारलाई समयमै सजगता अपनाउन पनि आग्रह गरे ।

सरकारले आफ्नो नजिकको र कमिसनको आधारमा चिकित्सा शिक्षा अध्ययन संस्थालाई संचालन गर्न अनुमती दिने गरेकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सामान्य अध्ययन नै नगरी मनपरि गरि संचालन अनुमती दिए देशैभर सशक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

जोशीले सरकारले स्वास्थ क्षेत्रमा लगानी बढाउनुपर्ने र स्वास्थ सामाग्रीमा लगाइएको महङ्गो करको दर घटाउनु पर्ने, स्वास्थकर्मिको मनोबल उच्च राख्न उचित सेवा सुबिधा प्रति थप्नुपर्नेमा जोड दिए ।

Loading...