कोरोना बिरुद्धको खोप लगाउने कार्य स्थगित

Dadeldhura hospital

धनगढी, १५ साउन- धनगढी उपमहानगरमा कोरोना बिरुद्धको खोप लगाउने कार्य स्थगित गरिएको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार एक सूचना सार्वजनिक गर्दै आफुलाई प्राप्त भएको भेरोसेल खोपको मात्रा सिद्धिएकाले खोप लगाउने कार्य स्थगित गरिएको हो ।

उपमहानगरपालिकाले यही १८ गतेदेखि पुन कोभिड बिरुद्धको अमेरीकी जोन्सन एण्ड जोन्सन खोप लगाइने उल्लेख गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरुको रजाइँ भएको र लक्षित समूह दिनभर लाइन बसेर घर फर्किनु परेको गुनासो आईरहेका थिए ।

Loading...