धनगढीमा एक हप्ता विद्यालय बन्द गरिने

धनगढी- धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरूलाई एक हप्ता बन्द गर्न पत्र काटिएको छ । अत्याधिक गर्मी बढेपछि उपमहानगर भित्र रहेका सबै विद्यालयहरू १८ गते देखि बन्द गर्न पत्र पठाइएको हो ।

Dadeldhura hospital

आज जारी पत्रमा भनिएको छ –‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्ये नजर गदै मिति १८ गते देखि २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ ।’ धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...