बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

Dadeldhura hospital

बाजुरा, १४ साउन- बाजुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ स्थित सिमलेकबाट एकनाले भरुवा बन्दुकसहित सोही वडाको मनीकाडा गोत्रीका ४२ वर्षीय ऐनबहादुर रावल पक्राउ परेका प्रहरीले जनाएको छ ।

लेकको खर्कमा भरेर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।

Loading...