कैलालीमा जारी निषेधाज्ञा साउन २१ गतेसम्म लम्बियो (आदेश सहित)

अत्तरिया, ११ साउन- कैलालीमा जारी निषेधाज्ञा पुनः लम्बिएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार निषेधाज्ञा थपिएको बारे सूचना जारी गर्दै परीक्षा सञ्चालन हुने हल वा कोठाको आकार अनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनेको छ ।

त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूणर्रूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जनामध्ये बढी मानिस सहभागी नगराउने, घर बाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि लगायतका कुराहरु आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:

Loading...