आले र चौधरी विरुद्ध धनगढीमा युवा संघको प्रदर्शन





धनगढी, ५ साउन- धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधि सभा सदस्य प्रेम आले र लक्ष्मी चौधरी विरुद्ध प्रदर्शन गरेको छ । मंगलबार रातो पुलबाट नाराबाजी सहितको प्रदर्शन गर्दै पार्क मोडमा पुगी कोणसभा गरि सम्पन्न गरिएको थियो ।


एमालेबाट निर्वाचित भएर पनि काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन भोट हालेको भन्दै उनीहरु विरुद्ध धनगढीमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
‘लाल गद्दार’ भन्दै उनीहरुको तस्बिर सहित प्रदर्शन गरिएको थियो ।



