कैलालीमा ६ फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वन मुद्दामा ६ हजार ९६२ जरिवाना ठहर भएकी जानकी गाउँपालिका-८ बस्ने बिलासी देवी चौधरी, चेक अनादर मुद्दामा २ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ठाकुर प्रसाद सार्की, चेक अनादर मुद्दामा १ हजार ९ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका-७ बस्ने लौटन डगौरा रहेका छन् ।

Dadeldhura hospital

यस्तै वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने तपेन्द्र बि.क., चोरी मुद्दामा २ हजार ८ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका-१ बस्ने धर्मराज रसाइली र वन मुद्दामा १७ हजार १४० जरिवाना ठहर भएका टीकापुर नगरपालिका-९ बस्ने शिब बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

 जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई शुक्रवार ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूकै घरबाट पक्राउ गरेको हो। यी छ जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले अदालत समक्ष पेश गरेको छ।

Loading...