प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सीएमए संघको मुख्यमन्त्री भट्टसँग आग्रह

धनगढी- सीएमए संघका केन्द्रीय पदाधिकारीहरूले प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूले भोग्दै आएका समस्या तथा पेशागत अधिकारका विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको ध्यानाकर्षण गराएका छन्।

सोमबार संघका पदाधिकारीहरूले मुख्यमन्त्री भट्टसँग भेट गरी प्यारामेडिक्स स्वास्थ्यकर्मीको क्लिनिकल सेवाको अवमूल्यन भइरहेको र उनीहरूको पेशागत अधिकार क्रमशः संकुचित हुँदै गएको भन्दै समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

Navadurga sun

संघले प्यारामेडिक्स स्वास्थ्यकर्मी स्वास्थ्य सेवाका महत्वपूर्ण जनशक्ति भए पनि उनीहरूको भूमिका, सेवा–सुविधा, कार्यक्षेत्र तथा पेशागत अधिकारका विषयमा राज्यका सम्बन्धित निकायबाट पर्याप्त ध्यान नदिइएको जनाएको छ। क्लिनिकल सेवामा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएका स्वास्थ्यकर्मीको अधिकार र पेशागत मर्यादा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्ने संघको माग छ।

संघका पदाधिकारीहरूले आफ्ना माग तथा समस्यासहितको ध्यानाकर्षण पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका थिए। पत्र बुझ्दै मुख्यमन्त्री भट्टले संघले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रमा प्यारामेडिक्स स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले भोग्दै आएका समस्याबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने बताए।

प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूले लामो समयदेखि आफ्नो पेशागत अधिकार, कार्यक्षेत्र तथा सेवा–सुविधासम्बन्धी विषय उठाउँदै आएका छन्। मुख्यमन्त्रीसँगको भेटपछि आफ्ना माग सम्बोधनका लागि प्रदेश सरकारबाट आवश्यक पहल हुने अपेक्षा संघले गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...