गोदावरी नगरमा संस्थागत क्लिनिक सेवा सुरु

अत्तरिया, ४ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ कैलालीमा रहेको मालाखेती अस्पतालमा प्रत्येक हप्ताको सोमबार संस्थागत खोप सेवा सुरु गरिएको छ । आईतबार गोदावरी नगरपालिकाका नगर प्रमख हरि सिंह साउँदले सस्थागत खोप सेवाको उद्घान गरेका हुन् ।

Dadeldhura hospital

यस अघि महिनाको दुई गते देखि सात गते सम्म बालबालिकाहरुलाई १४ किसिमका रोगका विरुद्धका खोप लगाइने गरेको थियो । अव बालबालिकाहरुको लगाईने ११ खोप हरेक हप्ताको सोमबार लगाईने व्यवस्था गरेको हो ।

Navadurga sun
Godawari sandesh

नगर प्रमुख साउँदले नगर क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्न आफु सधैव कटिबद्ध भएर लागिपर्ने बताए । मालाखेती अस्पताललाई नगर अस्पतालका रुपमा स्थापीत गर्न आईसीयु र विशेषज्ञ चिकित्सक सेवा दिने तयारी रहेको बताउँदै नगर प्रमुख साउँदले कोरोनाको पहिलो र दोस्रो लहर जस्तै तेस्रो लहरमा पनि उत्तिकै खतरा हुने हँुदा लापरवाही नगर्न सुझाव समेत दिएका थिए ।

प्रत्येक नगर स्वास्थ्य क्लिनिकहरुमा हरेक हप्ताको सोमबार आवश्यक परे शुक्रबार समेत खोप लगाउने सकिने मालाखेती अस्पतालका खोप शाखा प्रमुख मुकुन्द सिहंले जानकारी दिए ।

Loading...