एमाले सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा खरेल, घिमिरे र जोशीद्धारा उम्मेदवारी दर्ता

धनगढी- राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिमबाट नेकपा एमाले उम्मेदवार बनेका सावित्रा देवी घिमिरे, ईश्वरीप्रसाद खरेल रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

Dadeldhura hospital

उनीहरूले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सावित्रा (महिला), ईश्वरी प्रसाद (अन्य), र रामचन्द्र-अपांगता/अल्पसंख्यक) उम्मेदवारको नाम टुंग्याएको थियो । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको समय छ ।

Navadurga sun
Godawari sandesh

माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार हिजो (आइतबार) सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् ।

Loading...