अत्तरिया- कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार गरिएको छ । मंगलवार साँझ गोदावरी नगरपालिका-१२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो ।






कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले बताए ।





उनले पासोबाट उद्धार गरी ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको जानकारी दिए । चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएका थिए । वनमा पासो कसले थापेको भन्ने बारे नखुलेको डिभिजन प्रमुख कडालले बताए ।




