करणी गरेको आरोपमा युवक पक्राउ




वीरगञ्ज, ११ असार- किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ गरिएको छ । पर्सागढी नगरपालिका वडा नं. ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।



बिहीबार राति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए ।


परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको हो । कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार रहेका छन् ।
किशोरीको बुवाको जाहेरी दरखास्तको आधारमा कृष्णलाई असार १० गते नै पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार कमलेशको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।



