कञ्चनपुरमा ७० वर्षीया वृद्धाको डुबेर मृत्यु

महेन्द्रनगर- कञ्चनपुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीय गौरीदेवी महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

आज आइतबार बिहान हातखुट्टा धुन नदीमा गएकी महराको डुबेर मृत्यु भएको हो। महिला डुबेको खबर पाएपछि नेपाल प्रहरी घटना स्थलमा पुगे पनि भेट्टाउन सकेन।

Navadurga sun
Godawari sandesh

त्यसपछि सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको हो। सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

Loading...