बाजुरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँपछाडि आज बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Dadeldhura hospital

सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो।

Navadurga sun
Godawari sandesh

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिए।

झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । भण्डारीका अनुसार नवजात शिशु बालक हुन्। नवजात शिशु कसले फालेको हो, भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Loading...