

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको २०७९ फागुन ४ गतेको फैसलाले लागुऔषध खैरो हिरोइनमुद्धामा २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका एक जना पक्राउ परेका हुन्।



जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रवार पक्राउ गरेको हो। कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्धामा सो जरिवाना तोकेपछि उनी फरार रहेका थिए।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भदौ १ गते निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।