अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको प्रमुखमा नरेन्द्र बहादुर ऐर नियुक्त भएका छन । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीको क्याम्पस प्रमुखमा सहप्राध्यापक ऐर नियुक्त भएका हुन ।




आईतबार बसेको विश्वविद्यालयको कार्यकारी परिषद्ले ऐरलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । दुर्गालक्ष्मी सहित बिश्वबिद्यालयको कार्यकारी परिषद्ले विश्वविद्यालय अन्तर्गतका १५ वटा क्याम्पसहरु फेरबदल गरेको छ ।


बिश्वबिद्यालयले मातहतका क्याम्पसहरुमा हरेक ४ बर्षमा प्रमुखहरुको नियुक्ति र फेरबदल गर्ने गरेको छ । क्याम्पस प्रमुख नियुक्त भएसँगै ऐरले दुर्गालक्ष्मीमा ४ वर्ष सम्म नेतृत्व गर्ने भएका छन । यसअघि दुर्गालक्ष्मीको क्याम्पस प्रमुख डाक्टर डम्बरबहादुर पाल रहेका थिए ।

