अवरुद्ध सडक सुचारु गर्न खटिए जनप्रतिनिधि

बाजुरा- त्रिवेणी नगरपालिका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न काममा स्थानीय जनप्रतिनिधि नै खटिएका छन् । असारको पहिलो सातादेखि लगातार परेको पानीका कारण अवरुद्ध सडक जनप्रतिनिधिले एस्काभेटर लिएर सडक सञ्चालन गराउन खटिएका हुन् ।

२०७५ देखि २०८० सम्म त्रिवेणी नगरपालिकाका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य सामग्री ल्याउन दुई घण्टा पैदल हिँडेर बूढीगङ्गा नगरपालिकाको बार्जुगाड र बाम्का बेतालमाण्डौँलगायतका बजारमा जान बाध्य छन् ।

Navadurga sun

बर्खे पानीका कारण त्रिवेणीको पीपलसेन ढँडाली पन्ताली हुँदै पैमा नाटेश्वरीसम्म जाने सडक अवरुद्ध बनेपछि सडक सञ्चालन गर्न धमाधम ग्राभेल हाल्ने काम भइरहेको त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताए ।

उनले भने, पछिल्लो वर्षमा रकम भुक्तानी दिने गरेर अहिले अवरुद्ध बनेका सडक खोल्न छ लाख रुपियाँमा बजेट छुट्याइएको बताए । यसका साथै सडक सरसफाइ गर्नका लागि पाँच लाख विनियोजन गरिएको छ ।

मौरे जिरो प्वाइन्टदेखि खिरपाटासम्मका लागि दुई जना नगरपालिकादेखि सिम्लासम्म चार जना गरेर छ जना कर्मचारी सडक सरसफाइ गर्न खटाइने तयारी गरिएको पालिकाले जनाएको छ । सडक सामान्य बिग्रँदा आफैँले मर्मत गर्नुपर्ने र बढी भत्किएमा नगरपालिकालाई खबर गर्नुपर्ने छ ।

त्रिवेणी नगरपालिका–८, का वडाध्यक्ष गगनजङ्ग बुढाले त्रिवेणीका स्थानीयलाई बर्खाको समयमा पनि गाडीको सुविधा दिने गरी सडक मर्मत गर्ने काम भइरहेको बताए । अवरुद्ध सडक सञ्चालन गर्ने र ग्राभेल हाल्ने काम भइरहेको बताए ।

अहिले वडाध्यक्षसहितका जनप्रतिनिधिले डोजर लगाएर सडक मर्मत गर्न गालेपछि गाउँमा फेरि गाडी सञ्चालन भएको छ । बालबालिकालाई विद्यालयसम्म आउनजान सहज हुने गरी तोली देवल मावि, रत्न मावि, त्रिभुवनेश्वरी मावि नवदुर्गालगायतका विद्यालयहरूमा समेत सडक जोडिदिएको छ । गोरखापत्रबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...