विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिद्वारा सडक बहस कार्यक्रम सम्पन्न

अत्तरिया- गोदावरीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले शनिबार सडक बहस गरेको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत गेटा मेडिकल कलेज गेट अगाडी सडकमा बहस सम्पन्न गरेको हो ।

Dadeldhura hospital

सडक बहसमा बोल्ने बक्ताहरुले मन्त्रिपरिषदको निणर्य कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले नै निणर्य गरेर अहिले पन्छिन नमिल्ने बताए । उनले गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताए । कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले प्रतिष्ठान बनाएर १ सय बेडको मात्रै अस्पताल बनाउने बिषयमा आफ्नो आपत्ती रहेको भन्दै गेटामा विश्वविद्यालय बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई अझै व्यापक बनाउनु पर्ने बताए ।

Navadurga sun
Godawari sandesh

बरिष्ठ अधिवक्ता डा. केदार चन्द्र भट्टले जुनसकै हालतमा पनि गेटामा मेडिकल विश्वविद्यालय बन्नुपर्ने बताए । अहिले सरकारले हामीलाई स्वास्थ्य चौकी दिएर ढाट्ने कार्य गरेको उनले बताए । उनले भने, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नीति र कार्यक्रमका रुपमा संसदले पास गरिसकेको बताए ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले गेटामा बजेट वक्तव्यमा मेडिकल कलेज पूर्वाधार समिति पनि खारेज भनेर लेखिएर आएकाले झन अन्योल थपेको बताए । उनले आगामी आर्थिक बर्षको लागि भनेर अझै पनि ११ वटा संरचना निर्माणको काम भरखरै सुरु भएकाले पूर्वाधार समितिनै खारेज भए ति संरचना के हुने भन्ने अन्योलता रहेको बताए ।

Loading...