कानुनमन्त्री सिंहद्वारा प्रहरी अस्पतालको निरीक्षण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको अस्पतालको निरीक्षण गरेका छन् । कैलालीको धनगढीमा स्थापना गरिएको उक्त अस्पतालको निमन्त्रणामा मन्त्री सिंहले शुक्रबार निरीक्षण गरेका हुन्।

Dadeldhura hospital

अस्पतालले दिने सेवा, भौतिक पूर्वाधार, उपकरण, मानव जनशक्तिको अवस्थाबारे मन्त्री सिंहले जानकारी लिएका थिए। अस्पतालको निरीक्षण गर्दै मन्त्री सिंहले अस्पतालबाट प्रवाह गरिने सेवा र गुणस्तरमा कमी आउन नदिन निर्देशन दिए । उनले अस्पतालका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार उपकरणका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल प्रमुख डीएसपी डा.सविता सिंहले सेवा सुविधा र भौतिक संरचनासहित अस्पतालबारे जानकारी दिँदै थप व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताइन् । २०७९ साल असार १६ गते सुदूरपश्चिम प्रदेशको धनगढी कैलालीमा स्थापना गरिएको उक्त अस्पतालले कल्याणकारी कोषका लागि मात्र प्रत्येक बिरामीलाई चेकजाँच गरेबापत १० रुपैयाँ मात्र लिने गरेको छ।

अस्पताल व्यवस्थीत गर्न सकिएको छैन। भौतिक संचरनादेखि उपकरणहरूको कमी रहेको छ। वर्षातको मौसममा अस्पताल क्षेत्र डुवानमा पर्ने भएकाले बिरामीलाई चाहेजति सेवा दिन नसकिएको मेडिकल अफिसर डा.अनिमा कार्कीले बताइन्। प्रहरी अस्पताललाई भौतिक संरचना र डिजिटल प्रविधितिर लैजानको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

 

 

Loading...