प्रदेश सभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम

Dadeldhura hospital

धनगढी- प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आयोजना र राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनासँगको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रमको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख जोशीले प्रदेश सभा जनअपेक्षित प्रदेश कानुन निर्माणमा प्रदेश सभा सफल हुने विश्वास व्यक्त गरे । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूका लागि आयोजित कार्यक्रमको पूर्व मन्त्रीहरू मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, प्रतिनिधि सभाका पूर्व सदस्यहरू बिन्दा पाण्डे, डा. दीपकप्रकाश भट्ट, अञ्जना विशंखे, नेपाल सरकारका पूर्व कानुन सचिव माधव पौडेल र सङ्घीय संसद् सचिवालयका पूर्व सचिव ध्रुव घिमिरेले विभिन्न विषयमा सहजीकरण गर्ने बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...