


बैतडी- बैतडीमा चट्याङ लागेर बाख्रा मरेका छन् । जिल्लाको मेलौली नगरपालिका ७ का शंकरदत्त भट्ट र जयदेव भट्टको घरमा हिजो राति परेको चट्याङबाट ३ बाख्रा मरेका इलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ ।


दुवै जनाको घरमा मंगलबार राति डेढ बजेको समयमा चट्याङ परेको र सो चट्याङ लागेर गोठमा बाँधेका बाख्रा मरेका बताइएको छ ।





