पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा

धनगढी- धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ। आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो।

Dadeldhura hospital

पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्। पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।

Navadurga sun
Godawari sandesh

धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिका संयोजक जयन्त चन्दले जानकारी दिए। यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो। नेपाल बन्द हुने चर्चाका कारण सोमबारका लागि सारीएको आयोजकले जनाएको छ।

 

Loading...