पूर्वराजालाई धनगढीमा नागरिक अभिनन्दन गर्ने तयारी पूरा

धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ। धनगढीमा जेठ ६ गते पूर्वराजा शाहको नागरिक अभिनन्दन हुने मुल समारोह समितिको सचिवालयले बुधवार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

Dadeldhura hospital

पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको खुल्लमञ्चमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका संयोजक जयन्त चन्दले बताए।

Navadurga sun
Godawari sandesh

नागरिक अभिनन्दनका लागि जेठ ५ गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको चन्दले बताए। जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने चन्दको दाबी छ।

 

 

Loading...