कैलाली प्रभावकारी भएन पोषण कार्यक्रम

कैलाली- घोडाघोडी नगरपालिकामा १५ जना बच्चामा कडा खाले कुपोषण देखिएको छ भने १६५ जनामा मध्यम खालको कुपोषण देखिएको छ । कुपोषित बच्चाको घोडाघोडी नगरपालिकामा रहेका चारवटा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । नगरपालिका पोषण कार्यक्रम संयोजक पुष्पा मल्लका अनुसार आर्थिक वर्ष २०७९/८० मा करिब दुई हजार पाँच सय बच्चाको नापतौल लिने क्रममा यतिको सङ्ख्यामा कुपोषण देखिएको हो ।

दुई वर्षको बच्चाको २३ पटक तौल लिनुपर्ने भए पनि खोप लगाउन मात्र बच्चालाई खोप केन्द्रमा ल्याउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।नगरपालिकाको सबै स्थानमा स्वास्थ्य क्लिनिकको सुविधा छ तर खोप केन्द्रमा खोप लगाउन बच्चा लैजाने गरे पनि तौल लिँदैनन् । दुई वर्षसम्म बच्चाहरूको नियमित तौल लिनुपर्ने भए पनि बच्चाको नियमित तौल नलिँदा कुपोषित बच्चाको यथार्थ तथ्याङ्क आउन नसकेको भनाइ स्वास्थ्यकर्मीको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पोषण कार्यक्रम संयोजक मल्लले घोडाघोडीको १२ वटा वडामा नै पोषण कार्यक्रम सञ्चालन भएको जनाउँदै अति जोखिममा रहेका कुपोषित बच्चालाई दरख, साँडेपानी, पहलमानपुर र रामशिखरझालगायतका स्वास्थ्य चौकीमा उपचार सुविधा रहेको जनाए । ‘खोप कार्ड अनुसार बच्चाको पाखुराको नाप लिँदा टेपमा रातो, पहेँलो, हरियो रङ हुन्छ, बच्चाको पाखुराको नापलिँदा रातोमा पुग्नु कडा खालको, पहेँलो नापले मध्यम खालको जनाउँछ भने हरियोले सामान्य, राम्रो भएको जनाउँछ ।’

कुपोषित बच्चाहरूलाई ओटिसी (पोषण) माध्यमबाट निःशुल्क उपचार भइरहेको छ । कडा खालको कुपोषित बच्चाहरूलाई ९दुई प्याकेट० करिब २०० ग्राम लिटो दैनिक खुवाउने र मध्यम खालकालाई दैनिक एक प्याकेट लिटो खुवाएर उपचार गराउने व्यवस्था गरेको जनाइएको छ ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले खोप लगाउन बच्चा ल्याउने भए पनि आमाबुवाले बच्चाको तौल नलिने गरेको बताए । बर्दगोरियामा सात प्रतिशत पोषण कार्यव्रmम प्रभावकारी रहेको उनले जनाए ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीका प्रमुख ललित धामीले जिल्लामा घोडाघोडी नगरपालिकामा पोषण कार्यक्रमको वृद्धि अनुगमन सबैभन्दा कमजोर रहेको बताए । उनले १३ वटा स्थानीय तहको वृद्धि अनुगमनको प्रभावकारिताको जानकारी दिँदै घोडाघोडीमा ०.६५ प्रतिशत मात्र पोषण कार्यव्रmमको प्रभावकारिता देखिएको उल्लेख गरे ।

Loading...