

अत्तरिया, ३० बैशाख- अत्तरियाका युवाहरुले भष्ट्राचार विरुद्धको शान्तिपूर्ण आन्दोलन गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी भ्रष्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन सर्वोच्च अदालतलाई सघाउन र भ्रष्टाचारीलाई भगावन लागि अत्तरियाका युवाहरु स्वस्फुर्त रुपमा अत्तरिया चोक नजिकैको सडकमा उत्रिएर नारा लेखिएका पोष्टर लिएर आधा घण्टासम्म सडकमा उभिए दवाव सिर्जना गरेका छन् ।





युवाहरुले ‘हिम्मतको लागि अभारी खुट्टा कमाए खबरदारी’ भ्रष्टाचारी देशलाई भारी, भ्रष्टाचारीलाई कारवाही गरौं, नक्कली भुटानी काण्ड सक्कली तरिकाले छानबिन होस, भ्रष्टाचार अन्त्य गरौं, भ्रष्टाचारी छुट्नु देशलाई लुट्नु, किन पक्ष विपक्ष निणर्य गरौं निष्पक्ष, ‘हाम्रो सडक आन्दोलन । निष्पक्ष न्यायलाई संचालन । भ्रष्टाचारी भगाउन ।’ ‘लडाकु शिविर घोटाला काण्ड, सीसीटीभी काण्ड, सेक्युरिटी प्रिन्टिङ्ग काण्ड, ओम्नि काण्ड, यति काण्ड, शरणार्थी काण्ड, ललिता निवास काण्ड अभैm कति…..’ भन्ने लगायतका नाराहरु लेखिएका पम्पलेट बोकेर सडकमा उभिएका थिए ।

समर्थन जनाउन सडकमा पुगेका युवा जय धामीले कार्यालयमा कार्यतर कर्मचारीहरुले हजार दुईहजार घुस खानेलाई कारवाहीको दायरामा तुरुन्तै ल्याएको देखिन्छ भने शरणार्थी काण्ड गर्नेलाई पनि सर्वोच्चले कानूनीको दायरामा ल्याएर पक्ष विपक्ष नभनि पारदर्शी ढंगले निणर्य गर्नुपर्ने बताए ।


यसभन्दा आगामी दिनमा पनि हामीहरु सकारात्मक पक्ष हुनुपर्छ र नकारात्मक पक्षहरु हुनु हुदैन भनि कार्यक्रम गर्दै गइरहेको छौं । यो कुनै व्यक्ति र पार्टीलाई नभई यो हामी सबैको साझा मुद्दाको रुपमा रहेको धामीले बताए ।
समर्थन जनाउन सडकमा पुगेका युवा नेता लोकराज पाण्डेय आगोले यतिबेला नेपालको सन्दर्भमा भुटानी शरणार्थीको कुरा उठेको छ । यो एउटा सामान्य कुरा मात्र रहेको बताए । ‘सयौं यस्ता भ्रष्टाचारका मुद्दाहरु छन् । उनले भने, ‘जो आज सेटिङ्गमा लुगेका छन् ।’ चाहे जुनसुकै पार्टी भएपनि सत्तामा गएर राजनितिक, समाजिक, धार्मिक, सामुहिक र व्यक्तिगत भ्रष्टाचार गरेका छन् भने त्यस्तालाई अदालतले न्यायोचित तरिकाले त्यस्तालाई कारवाही गरेर नेपाली जनतालाई एक प्रकारको अनुभुति दिलाउन सक्नु पर्ने बताए ।
समर्थन जनाउन सडकमा पुगेका युवा प्रमोद अधिकारीले देशमा भ्रष्टाचार एउटा घरमा धमिरा लागेको जस्तो गरेर बढिरहेको छ । धमिरा कहाँ देखि लाग्न सुरु भएको हो । त्यहाँ सम्म पुग्न जरुरी रहेको बताए ।
‘देशलाई सुधार प्रणालीमा लाग्नको लागि सबैले आ-आफ्नो ठाउँबाट भ्रष्टाचार विरुद्ध आन्दोलन, भ्रष्टाचार विरुद्ध समझदारी गरेर भ्रष्टाचारलाई देशबाट हटाउने र भ्रष्टाचारीहरुलाई कानूनको कटघरामा उभाउनको लागि सबैजना लाग्नु पर्छ ।’ उनले भने, ‘यस्ता किसिमका धेरै काण्डहरु रहेका छन् ती काण्डहरुपनि बाहिर आउनु पर्यो र त्यस्ता किसिमका काण्डहरुलाई उच्चस्तरीय छानविन टोली गठन गरेर निस्पच्छ रुपमा छानविन हुनुपर्ने बताए ।