

धनगढी- कैलालीको भाँसु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको ट्रक चुरे गाउँपालिका–५ खानीडाडास्थित भाँसु भिरमा खसेको हो।



प्रहरीका अनुसार खाली ग्यास सिलिण्डर बोकेको ट्रक भिरमा खसेर दुर्घटना भएको हो। ट्रक भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्र बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको ट्रक दुर्घटनामा परेको हो। गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।