कैलालीकाे गोदावरी ६ र ७ का किसानलाई कृषि औजार उपकरण हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ र ७ का किसानलाई कृषि औजार उपकरण हस्तान्तरण गरीएको छ। आइतबार सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले वडा नम्बर ६ स्थीत लालपुरमा आयोजित एक कार्यक्रमका बिच किसानलाई कृषि औजार उपकरण हस्तान्तरण गरेकी हुन् ।

मुख्यमन्त्री कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा कृषि उपकरण खरीद गरीएको हो । उपकरणमा ५० प्रतिशत कृषकले नै लगानी गरेका छन् ।

Navadurga sun
Godawari sandesh

सयपत्री कृषक समुह र गोदावरी तरकारी नमुना गाँउ कृषक समुन्वय समितिका कृषकहरुलाई २८ हाते ट्याक्टर, २/२ ओटा बोरिङ्ग, ३ ओटा डिजीटल तराजु हस्तान्तरण गरिएको छ ।
त्यसैगरी ६ ओटा स्प्रे ट्याङ्की, ४ ओटा मोटर तथा एउटा अर्थघर हस्तान्तरण गरिएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै पुर्वमन्त्री चौधरीले हस्तान्तरण गरिएका उपकरणको सहि सदुपयोग गर्न आग्रह गरीन् । उनले कृषि प्रेमीलाई उक्त सामग्री हस्तान्तरण गरिएको बताँउदै सामग्रीको सहयोगले कृषि क्षेत्र बढाई उत्पादन पनी बढाउन कृषकलाई आग्रह गरीन् ।

Dadeldhura hospital

“गोदावरीमा विशेष गरी ६ र ७ मा कृषिमा मैले धेरै नै बजेट हालेको छु उनले भनीन् कृषिबाटै पनी स्वरोजगार बन्न सकिन्छ भनेर मैले कृषिमा बजेटकालागी पहल गर्दै आएकी छु यी सामग्रीको सदुपयोग गर्न म सबैलाई आग्रह गर्दछु ।”
उनले गोदावरी ६ लाई कृषि पर्यटकीय क्षेत्र बनाउने आफ्नो चाहना भएको बताईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत जनक बोहराले किसानको खर्च घटाँउदै र आम्दानी बढाँउदै लैजाने उदेश्यले कृषि सामग्री हस्तान्तरण गरीएको बताए । उनले कृषकको माग र आवश्यकता बमोजीमका सामग्री अनुदानमा दिईएको बताए ।

कृषकका गुनासा सम्बोधन गर्न कृषि ज्ञान केन्द्र सधैँ प्रतिवद्ध रहेको उनको भनाई थियो । गोदावरी तरकारी नमुना गाँउ कृषक समुन्वय समितिका अध्यक्ष तिलक चौधरीले तरकारी फलाँउदा बजारको समस्या हुने गरेकोे बताए ।

तरकारी फलाएर टोकरीमा बोक्दै,टोलटोल घुमेर बेच्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । “किसानले तरकारी फलाँउदा टोकरीमा बोक्दै टोलटोल डुल्नुपर्छ उनले भने न मुल्य पाँउछ, बजार, यो समस्या समाधानकालागी पनी म सम्बन्धीत निकायसंग आग्रह गर्दछु ।”

एकजना कृषकले बाध्य भएर २ रुपैँया किलो बन्दागोभि बेचेको तितो अनुभव सुनाँउदै उनले फलाउन प्रेरीत गरेसंगै बजारीकरणको सहज व्यवस्था पनी गरीनुपर्ने बताए । ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएका गोदावरी ६ का डबल बहादुर बोगटीले अहिले ४ कठ्ठामा तरकारी खेती गर्दै आएकोमा अब बढाउने बताए । तरकारी संगै धान लगायत अन्य खेतीका लागी पनी हाते ट्याक्टर सहज हुने उनको अनुभव छ ।

Loading...