बिरुवा रोपेर गरे बिरबहादुर बलायरले कार्यक्रमको उद्घाटन

अत्तरिया- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य बिरबहादुर बलायरले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अधिवेशन अत्तरियामा उद्घाटन गर्दै बिरुवा रोपेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बलायरले अत्तरिया स्थित पतञ्जली योग सभा हलको परिसरमा लिप्टीसको बिरुवा रोपेका हुन् । हरियाली बनाउन सार्बजनिक स्थान, आफ्नो घर एक वटा भएपनि बिरुवा रोप्ने अभियान चलाउनु पर्ने उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘अहिले पृथ्वीमा वाताबरणीय सन्तुलन बिग्रीरहेको अबस्थामा सबैले यस्ता कामको थालनी गर्नुपर्छ’ बलायरले भने- ‘पृथ्वी बचाए मात्रै हामी सबैको कल्याण हुन्छ ।’

सामुदायिक वनको कार्यक्रम भएको हामीले प्रमुख अतिथीबाट बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गराएको सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दानबहादुर बिष्टले बताए ।

हामीले संरक्षण अभियनमा रहेकोले यस्ता अभियान चलाईरहने सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका सचिव डण्डीराज सुबेदीले बताए ।

Loading...