प्रेस स्वतन्त्रता दिबसको अबसरमा बर्तमान पत्रकारिता अवस्था र चुनौतीका बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न

अत्तरिया- प्रेस स्वतन्त्रता दिबसको अबसरमा “बर्तमान पत्रकारिता अवस्था र चुनौती” को बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा धनगढीमा कार्यक्रम भएको हो ।

Dadeldhura hospital

कैलालीका अध्यक्ष हिमाल जोशीले प्रेस स्वतन्त्रता दिबसको शुभकामना आदानप्रदान र आफ्नै शुखःदुखको बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा अग्रज पत्रकार चित्राङ थापा, उमिद बागचन्द, मनमोहन स्वाँर लगायतले अहिले पत्रकार र पत्रकारिताको अवस्थाको बारेमा अनुभव शेयर गरेका थिए ।

त्यस्तै कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भरत शाह, कैलालीका पुर्ब अध्यक्ष जगत साउँद, बान का केन्द्रिय उपाध्यक्ष गोबिन्द रोस्यारा, बान का प्रदेश अध्यक्ष अमिता कुंवर, युनियनका पुर्ब अध्यक्ष टेकराज जोशी, कृषि पत्रकार महासंघका अध्यक्ष हिमेश बिक, पत्रकार रमा चन्द, भोजराज जोशी लगायतले पत्रकार र मिडिया हाउसले अहिले झेलिरहेको समस्याको बारेमा चर्चा गरेका थिए । महासंघका सचिब लक्ष्मी जैसीले स्वागत गरेको कार्यक्रमको संचालन महासंघका सदस्य सुनिल आउजीले गरेका थिए ।

Loading...