बैतडीको सभाहल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन

बैतडी- बैतडीको सभाहल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं-४ गढी टुडीखेलमा निर्माण भइरहेको सभाहल निर्माणको ठेक्का लिएका ठेकेदार सम्पकै विहिन हुदा निर्माणको काम रोकिएको हो ।

Dadeldhura hospital

निर्माणको जिम्मा पाएका ठेकेदार अझै सम्पर्कमा आएका छैनन् । ठेकेदार दावा शेर्पा अहिले सम्पर्कमा छैनन् । निर्माण सुरु भएको ६ वर्ष बित्नलाग्दा पनि भवन सम्पन्न हुन सकेको छैन् भने निर्माणको जिम्मा पाएका ठेकेदार सम्पर्क विहिन छन् ।

Navadurga sun
Godawari sandesh

सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरि २०७४ मा सुरु गरिएको थियो । खामपाते शेर्पा निर्माण सेवा कम्पनी संग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का समझौता भएर काम शुरु भएको थियो।२०७४ साल पुष १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो तर अहिले सम्म निर्माण कार्यले पूणर्ता पाएको छैन् ।

भवनको काम अलपत्र पारेर अहिले सम्म ठेकेदार सम्पर्कमा नआएका जिल्ला समन्वय समिति उपप्रमुख दमन बहादुर कुँवरले बताए । सहरी विकास तथा भवन निर्माण विभाग डोटीलाई सम्पर्क गर्दा ठेकातोडेर अर्को टेण्ड्र निकाल्ने र कम्पनीलाई कालो सूचीमा राख्ने तयारी भएको उनले बताए । अलपत्र सभाहलको अहिले छत भत्कीन थालेको छ ।

Loading...